१० मंसिर, काठमाडौं । काठमाडौंको तिलगंगाबाट प्रहरीले रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ ।
बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ ।
रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस