
१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७० जना कोरोना संक्रमित थपिएका छन् ।
१० हजार ४४६ वटा नमुनाको परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ । त्यस्तै आज ३०२ जना संक्रमणमुक्त भएका छन्
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस