समाचार

चाँदी आयातमा गरिएको कडाइले गहना निर्यातमा धक्का पुग्छ : चेम्बर

chamber

११ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमार्फत चाँदी आयातमा गरिएको कडाइले गहना निर्यात प्रभावित बन्ने बताएको छ । राष्ट्र बैंकले हिजो शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामाथि प्रतिक्रिया दिँदै चेम्बरले गहना निर्यात प्रभावित बन्ने बताएको हो ।

चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने उल्लेख गर्दै यस्तो व्यवस्थाले कालिगडको पनि रोजगारी गुम्ने चेम्बरले बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस