विश्व/प्रवास

ओमिक्रोन भेरियन्टको चिन्ताबीच सिंगापुर र मलेसियाले सीमा खोले

corona test

१३ मंसिर, काठमाडौं । सिंगापुर र मलेसियाले विश्वकै सबैभन्दा व्यस्तमध्ये एक भू–सीमा सोमबार पुनः खोलेका छन् । कोभिड–१९ महामारीका कारण झन्डै दुई वर्षदेखि बन्द रहेको सीमा खोप लगाएका मानिसलाई वारपार गर्न दिनेगरी खुला गरिएको हो ।

परिवार र इस्टमित्रसँग पुनर्मिलन गर्ने अवसरलाई यात्रुहरूले स्वागत गरेका छन् । यद्यपि, कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण पुनः सीमा बन्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । महामारीअघि दैनिक तीन लाखसम्म मलेसियाली सिंगापुर आउने–जाने गर्थे ।

सन् २०२० मार्चमा अकस्मात् सीमा बन्द गरिएपछि दुवैतिरका दशौँ हजार मानिस आफ्नो परिवारबाट बिछोडिएका थिए । एक–अर्को देशमा प्रवेश गर्न कोभिड–१९ नेगेटिभ हुनैपर्नेछ भने अन–अराइभल परीक्षण पनि गर्नुपर्नेछ ।

सोमबार सिंगापुरका प्रधानमन्त्री ली हसेन लुङले मलेसियाली समकक्षी इस्माइल सब्री याकोबलाई एक भू–सीमामा स्वागत गरे । प्रधानमन्त्रीको रूपमा याकोबको यो पहिलो आधिकारिक भ्रमण हो । दुवै देशले डिसेम्बरको मध्यदेखि सर्वसाधारणलाई सीमा खुला गर्ने लक्ष्य राखेको संयुक्त पत्रकार सम्मेलनमा सिंगापुरका प्रधानमन्त्री लीले बताए । रोयटर्स

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस