समाचार

कास्कीमा बस दुर्घटना, चालकको मृत्यु

bus accident

१४ मंसिर, काठमाडौं । भैरहवादेखि बागलुङ जाँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । लु१ख ७७६६ नम्बरको बस अन्नपूर्ण गाउँपालिका–३, पाउदुर घुम्तीमा मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त घुम्तीबाट बस ३० मिटर तल स्थानीय जुमकाजी विकको गोठ, भान्साघर र ट्वाइलेटमाथि खसेको थियो । दुर्घटनामा परी बस चालक पाल्पाका ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालले बिहान ९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार विभिन्न जिल्लाका आठजना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार घाइते हुनेमा बागलुङ नगरपालिका–६, लहरेपीपल बस्ने २९ वर्षीय शिवराम शर्मा, ठूलढुंगा बस्ने ४८ वर्षीय कृष्ण खड्का, बागलुङ–१४, बलेवा बस्ने २५ वर्षीय राजु श्रेष्ठ, उनको बुवा ८५ वर्षीय उमलाल श्रेष्ठ रहेका छन् । यस्तै, बागलुङकै आवारोड बस्ने ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महानगरपालिका–३, राम्जाली मार्ग बस्ने २३ वर्षीया साधना उपाध्याय घाइते भएका छन् ।

घरमाथि बस खस्दा अन्नपूर्ण गाउँपालिका–३, पाउदुर बस्ने माया विक पनि घाइते भएकी छन् । उनीहरू सबैको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस