समाचार

इजरायल जाने कामदारका लागि कोरोना विरुद्धको खोप दिन तोकियो पाँच केन्द्र

corona khop

१४ मंसिर, काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका उमेदवारलाई खोप लगाउन सरकारले पाँचवटा अस्पताललाई केन्द्र तोकेको छ ।

वैदेशिक रोजराग विभागले आज सूचना जारी गर्दै ती उमेदवारलाई खोप दिन काठमाडौंका पाँचवटा अस्पताललाई खोप केन्द्र तोकेको हो । खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको इजरायल शाखामा सम्र्पक गर्नुपर्ने जनाएको छ ।

यी हुन् खोप दिइने पाँच अस्पताल
१.वीर अस्पताल
२.निजामति सेवा अस्पताल
३. नेपाल प्रहरी अस्पताल
४. वीरेन्द्र सैनिक अस्पताल
५. सशस्त्र प्रहरीबल अस्ताल

israel janelai vaccine

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस