समाचार

थपिए २५५ कोरोना संक्रमित, २५६ जना निको भए

coronavirus kathmandu

१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५५ जना कोभिड संक्रमित थपिएका छन् ।

६ हजार ४६९ वटा नमुनाको परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

त्यस्तै आज २५६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस