समाचार

ललितपुर हरिसिद्धीमा मूर्ति चोरी

murti

१५ मंसिर, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको मूर्र्ति चोरी भएको छ । यस्तै अर्को एक मन्दिरको मूर्ति उखेलेर चोरी गर्ने प्रयास गरिएको छ । गएराति ललितपुर हरिसिद्धीमा रहको नारायण भगवानको मुल मूर्ति चोरी भएको हो  भने सोही स्थानमा रहेको अर्को मन्दिरको मूर्ति पनि उखेल्न प्रयास गरिएको छ ।

हरिसिद्धिको दल्छीमा अवस्थित नारायण मन्दिरको मूर्ति चोरी भएको र पाखचा टोलमा भएको नारायण भगवानकै अर्को मन्दिरमा भने चोरीको प्रयास भएको छ । पाखचा टोलको नारायण मन्दीर परिसरमा रहेको सीसीटीभी क्यामेरा करिब दुई महिना अघि फुटाइएको स्थानीयले बताएका छन् । “करिब दुई महिना अगाडि सीसीटीभी फुटाइएको थियो । त्यसपछि केही दिन अगाडि नयाँ जडान गरिएको हो,” स्थानीय नन्दकुमारी महर्जनले भनिन्, ‘‘त्यसबेला खासै वास्ता भएन । अहिले मूर्ति चोरी भयो ।”

मूर्ति चोरी भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले अनुन्धानका लागि टोली पठाएको छ । प्रहरी टोलीले मूर्ति चोरीबारे अनुसन्धान गरेपछि विस्तृत विवरणबारे जानकारी दिने जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस