
१५ मंसिर, काठमाडौं । सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । मंसिर १५ गते, बुधबार सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । सुनको मूल्य लगातार तेश्रो दिन पनि घटेको हो ।
यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस