समाचार

नेपालमा कोभिड–१९ विरुद्धको मोर्डना खोप पहिलोपटक ल्याइँदै

vaccine

१६ मंसिर, काठमाडौं । नेपालमा भोलि (शुक्रबार) कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा पहिलोपटक मोर्डना खोप आउन लागेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ । यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय अभ्यासानुसार यो खोप १२ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रभावकारी देखिएको भए पनि नेपालमा कुन उमेर समूहलाई दिने भन्ने टुंगो लागिनसकेको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस