१६ मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । मंसिर १६ गते छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हुँदैछ । बुधबार भने सुन प्रतितोला ४०० रुपैयाँले घटेको थियो ।
बिहीबार सुनको मूल्य स्थिर रहेपनि चाँदी भने ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस