विश्व/प्रवास

कोभिडले अस्पताल भर्ना भएका एक प्रतिशत बिरामीमा दिमागी समस्या

brain problems detected in hospitalized covid patients

१७ मंसिर, काठमाडौं । कोभिड–१९ सम्बन्धी हालैको एक रिसर्चमा कोरोनाबाट अस्पताल भर्ना हुनुपरेका १ प्रतिशत बिरामीमा दिमागी समस्या देखा पर्ने गरेको पाइएको छ । मंगलबार रिपोर्ट गरिएको डाटाका अनुसार कोभिडका कारण अस्पताल भर्ना हुने १०० बिरामी मध्ये एकजनामा स्नायु प्रणाली सम्बन्धी जटिलता देखा पर्ने गरेको छ ।

युरोप र अमेरिकामा मात्र कोभिडले अस्पताल भर्ना भएका झन्डै ३८ हजार बिरामी मध्ये ११ प्रतिशतमा मस्तिष्क सम्बन्धी समस्याका लक्षण देखा परेको हो । यसपछि एमआरआइ र सीटी गर्दा उनीहरुको स्नायु प्रणाली असामान्य रहेको पक्का भएको थियो र यो कोरोना भाइरससँगै सम्बन्धित थियो । यसमा सबैभन्दा व्याप्त निष्कर्ष भनेको आर्टरिज अवरुद्ध हुनुले बिरामीहरुमा स्ट्रोक भइरहेको थियो ।

यसका साथै खोजकर्ताहरुले मस्तिष्कमा रगत बग्ने, सुन्निने (इन्फ्लामेसन हुने) लगायत विभिन्न घातक समस्याहरु पनि देखेका हुन् ।

फिलाडेल्फियास्थित युनिभर्सिटीका डाक्टर स्कट भन्छन्, “कोभिडका कारण फोक्सोमा समस्या हुनेबारे हामी सबै जानकार थियौँ  । तर यो अध्ययनले के देखाएको छ भने कोभिडले ‘सेन्ट्रल नर्भस सिस्टम’ अर्थात मस्तिष्क सम्बन्धी पनि विभिन्न जटिलता निम्त्याउन सक्छ । त्यसैले महामारीमा मृत्यु दर वृद्धि गर्नमा यो पनि उल्लेखनीय कारक बन्न सक्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस