समाचार

बाँकेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident

२ पुस, बाँके । बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३३ ६० नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको भे३प ५३ ६९ नम्बरको मोटरसाइकललाई गए राति करिब ९ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय दिनेश बरालको उपचारको क्रममा भेरी अस्पतालमा गए राति नै मृत्यु भएको जनाइएको छ ।

उक्त माइक्रोबस र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस