समाचार

काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्यो, सतर्कता अपनाउन अनुरोध

cold weather

३ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही  देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस रहेको छ । जिरीमा पनि माइनस २.१ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

शनिबार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहने  तथा  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ ।देशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस