विश्व/प्रवास

कराँचीमा बम विष्फोट हुँदा दशको मृत्यु, १२ जना घाइते

karachi blast

३ पुस, काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा दशजनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ।

हाल अस्पतालको अभिलेखमा दश शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको सहिद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ। विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

उद्दारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ । कराँची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस