समाचार

दुवै मात्रा खोप लगाएका एक कोरोना सङ्क्रमितको मृत्यु

covid 19 dead

४ पुस, बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका उनको कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम थियो ।

कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धाको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ । बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस