विश्व/प्रवास

८ वर्ष यताकै विनाशकारी आँधी : फिलिपिन्समा २०८ जनाको मृत्यु

adhi

५ पुस, काठमाडौं । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् ।

राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधीका कारण तीन लाख मानिस बिस्थापित भएका छन् । आँधीले दक्षिणपूर्वी तटीय क्षेत्रमा पूर्ण रुपमा क्षति गरेको रेडक्रसले जनाएको छ ।

‘आँधीले अस्पताल, विद्यालय, सामुदायिक भवन ध्वस्त भएका छन्,’ रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले भने । प्रभावित क्षेत्रमा आँधीका कारण घरका छाना भत्किनुका साथै रुख तथा पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा खानेपानी र विद्युत अवरोध भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस