समाचार

काठमाडौंको तापक्रममा हल्का सुधार, ३.६ डिग्रीसेल्सियस मापन

cold weather

५ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएको थियो ।

‘अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले भनिन्, ‘यसको अर्थ अब तापक्रम घट्दैन भन्ने होइन । हिउँद गहिरिँदै जाँदा चिसो अझ बढ्छ ।’

काठमाडौंमा मङ्सिर दोस्रो सातादेखि चिसो बढ्न थालेको हो ।  देशभर चिसो बढेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।  तराईमा हुस्सु/कुहिरो लाग्ने गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसो  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ । मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस