सेयर मार्केट

१७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो

broker office kathmandu

५ पुस, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो ।

त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप–सचूक ऋणात्मक भएका छन् ।

यस दिन कुल २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस