समाचार

चौबीस घण्टामा २२० कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

Corona Death

५ पुस, काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार १४१ वटा नमुना परीक्षण गर्दा २२० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।

आज २६३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस