विश्व/प्रवास

उत्तर कोरियामा ११ दिनसम्म रुन, हास्न, मदिरापान, किनमेल गर्न नपाइने !

kim jong un

६ पुस, काठमाडौं । उत्तर कोरियाले हालै प्रशारण गरेको एउटा भिडियोमा देशका प्रमुख, किम जोङ उन अत्यन्तै उदास र भावुक अवस्थामा देखिएका छन् । उनले त्यसमा केही बोलेका छैनन् ।

तर नागरिकहरुलाई चाहिँ गम्भीर चेतावनी दिइएको छ । किमका बुवा, किम जोङ इलको मृत्युको दशौँ वर्षको राष्ट्रिय शोक कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई पनि खुसीको कुनै संकेत नदेखाउन भनिएको हो ।

११ दिन लामो शोक कार्यक्रममा कुनै पनि नागरिकले हास्ने, किनमेल गर्ने, मदिरा पिउने या जोडसँग रुन समेत नपाउने भनिएको छ । यसको उल्लंघन गरेमा उनीहरुमाथि गम्भीर कारबाही हुने भनिएको छ । ११ दिन सम्म उत्तर कोरियालीहरुलाई उपभोग्य वस्तुहरु समेत खरिद गर्न निषेध गरिएको छ ।

यति मात्र नभइ यो शोक अवधि भर कसैको परिवारमा मृत्यु भएमा, त्यसका कारण समेत ठूलो स्वरमा रुन पाइँदैन र शवलाई पनि ११ दिनपछि मात्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ । यसबीच कसैको जन्मदिन परेमा त्यसलाई मनाउन पनि प्रतिबन्धित गरिएको छ ।

विगतमा केही मानिसहरु यो समयमा मदिरापान गर्दैगरेको फेला परेपछि तिनलाई गिरफ्तार गरिएको थियो र वास्तविक अपराधी जस्तै व्यवहार गरिएको एक श्रोतले जनाएका छन् । उनका अनुसार तिनीहरुलाई सेनाले उठाएर लगेका थिए जसपछि कहिल्यै देखा परेनन् ।

भिडियोमा किम आफू पनि अत्यन्तै दुःखी र आँसु खसाल्न लागेको अवस्थामा देखा परेका हुन् । उनका पिता जोङ इलको २०११ मा ह्दयघातबाट मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस