समाचार

२०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्छ : डब्ल्यूएचओ

who covid 19 briefing

७ पुस, काठमाडौं । विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) ले कोरोना भाइरसको पछिल्लो विकसित स्वरुप ओमिक्रोन विश्वभरि तीव्र गतिमा फैलिरहेकाले जनस्वास्थ रक्षाकै लागि मानिसहरुलाई आ–आफ्न पूर्वनिर्धारित बिदा मनाउने योजनाहरु रद्द गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका अध्यक्ष डा.टेड्रोस एधानोम घेव्रेससले जीवननै रद्द हुनुभन्दा बिदा रद्द गर्नु उचित हुने र कठिन निर्णयहरु गरिनुपर्ने बताएका छन् । भेरियन्ट फैलिन नदिन विशवका थुप्रै मुलुकहरुले यात्रा प्रतिवनध लगायतका सुरक्षाका नीति नियमहरु कार्यान्वयन गरिसकेका छन् ।

अहिले संयुक्त राज्य अमेरिकामा नयाँ कोराना संक्रमित मध्ये ७३ प्रतिशत ओमिक्रोनबाट प्रभावित रहेका छन् । मंगलवार नै अमेरिकी राष्ट्रपति जो वाइडेनले राष्ट्रको नाममा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । तर राष्ट्रपति भवन ह्वाइट हाउसले भने वाइडेनको मुलुकमा पुनः लकडाउन गर्ने योजना नरहेको जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले बढ्दै गइरहेको ओमिक्रोन समस्या समाधानका लागि कोभिड १९ को र्‍यापिड टेस्टकालागि ५० करोड वटा टेस्ट किट्सको व्यवस्था गर्न लागेको छ ।

अमेरिकाको सरुवा रोगका प्रमुख विशेषज्ञ डा. एन्थोनी फसीले आगामी क्रिशमसकाबेला हुने जमघट र भिडभाडयुक्त यात्राका कारण पूर्ण रुपमा कोभिड–१९ विरुद्ध खोप लिइसकेकाहरुमा पनि तिव्र गतिमा ओमिक्रोन फैलिने बताएका छन् । हाल अमेरिकी नागरिकहरुलाई विश्वका ८० वटा भन्दा बढि मुलुकको भ्रमण नगर्न सल्लाह दिइएको छ । ति मुलुकका सुचिमा युरोपका झण्डै सबै राष्ट्र परेका छन् । यात्रा प्रतिवन्ध लगाउनेमा फ्रान्स र जर्मनी पनि रहेका छन् । नेडरल्यान्डसले त क्रिशमस र नयाँ वर्षको अवधिभरि कडा लकडाउन नै लगाइसकेको अवस्था छ ।

सोमवार वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले पनि ओमिक्रोनका घटनाहरु बढ्न थालेकाले नयाँ नियमहरु ल्याउने संभावनाबारे सरकारले सोच्नुपर्ने विचार व्यक्त गरेका थिए । तर उनले कुनै नयाा नियम भने घोषणा गरेको छैन। बरु मेयर सादिक खानले जन सुरक्षालाई मध्य नजर राख्दै राजधानी लन्डनको ट्राफल्गर स्क्वायरमा नयाँ वर्षको पूर्व सन्ध्यामा कुनै पनि कार्यक्रमको आयोजना नहुने जानकारी दिएका छन् ।

गत नोभेम्वरमा ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेको थियो । डा.टेड्रोसले यदि विश्वका प्रत्येक मुलुकको कूल जनसंख्याको ७७ प्रतिशतले आगामी वर्षको मध्य सम्ममा खोप लगाउने हो भने सन् २०२२ मा कोरोना महामारीको अन्त्य हुनसक्ने पनि बताएका छन् ।

साथै उनले भविष्यमा महामारीहरुलाई समाधान गर्नका लागि मद्धत पुर्‍याउन चीनले कोविड १९ को उत्पतिबारे थप तथ्यांक उपलब्ध गराउनुपर्ने पनि बताएका छन् । सन् २०१९ मा पहिलो पटक चीनको हुवेइ प्रान्तको उहान शहरबाट कोरोना भाइरस शुरु भएको थियो । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस