समाचार

तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

Muskan Khatun

७ पुस, काठमाडौं । तेजाब आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहेका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिए । अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस