समाचार

रोल्पाको ‘थवाङबाट अब १२ घण्टामा काठमाडौं’

thawang rolpa

७ पुस, रोल्पा । रोल्पाको थवाङ सिधै काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौंका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ काठमाडौंसँग जोडिएको हो ।

बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने भएको छ । थवाङबाट रुकुम पूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ । हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ ।

यसअघि, थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए । थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीहरूलाई थवाङ–काठमाडौं बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस