७ पुस, काठमाडौं । सुनको मूल्य लगातार दोश्रो दिन पनि गिरावट भएको छ । बुधबार सुन तोलामा ४०० रुपैयाँले घटेको हाे ।
यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले उकालो लागेको हो । महासंघको तथ्यांक अनुसार आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
प्रतिक्रिया दिनुहोस