समाचार

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

Omicron

७ पुस, काठमाडौं । नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राका अनुसार एक ९६ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो । ती वृद्भ हाल हाेम आइसोलेसनमा छन् भने उनकाे सम्पर्कमा भएका व्यक्तिहरूकाे ट्रेसिंग भएकाे मन्त्रालयले जानकारी दिएकाे छ । अहिले उनकाे स्वास्थ्यावस्था सामान्य रहेकाे छ ।

योसँगै नेपालमा तीन जनामा ओमिक्रोन भेरियण्टको संक्रमण देखा परेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस