
८ पुस, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा कुखुरा बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुईजना घाइते छन् । जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका जीपका चालकसहित दुईजनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गए राति महोत्तरीबाट कुखुरा लिएर काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस