
८ पुस, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस