समाचार

नेपाली मार्केटिङ एसोसियसन (एनएमए)ले औपचारिक रुपमा शुरू गर्यो यात्रा

nma

९ पुस, काठमाडौं । नेपाली मार्केटिङ एसोसियसन (एनएमए) औपचारिक रुपमा घोषणा भएको छ । काठमाडौंमा बिहीवार एक कार्यक्रमको आयोजना गर्दै एसोसियसनले आफ्नो औपचारिक यात्रा शुरू गरेको हो ।

कार्यक्रममा यसका अन्तरिम बोर्डका ४–सदस्य– कान्तिपुर मिडिया ग्रुपका एजीएम महेश्वरलाई अध्यक्ष, त्रि.वि.का सह–प्राध्यापक डा. गोपाल थापालाई महासचिव, सह–प्राध्यापक सुशिल अवालेलाई सचिव र गोल्छा ग्रुपका एजीएम मार्केटिङ, पुनम सिंहलाई कोषाध्यक्षको रुपमा घोषणा गरिएको थियो । बोर्डका अन्य सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, श्रृजना जोशी महर्जन, सत्यन्द्र उप्रेति र सुरेन्द्र थापा छन् ।

नेपालको बजारीकरण संघ एउटा गैर–मुनाफा संस्थाको रुपमा दर्ता भएको छ । एसोसियसनको मुख्य उद्देश्य भनेको उत्कृष्ट कार्य गर्न देशभरि रहेको बजारीकरण पेशेवरहरुको एउटै आवाज सृजना गर्नु हो ।

प्रारम्भिकरुपमा यो संघ बजारीकरण पेशेवर र शिक्षविद्हरुद्वारा गठन गरिएको हो । सोही कार्यक्रममा एनएमएद्वारा डा. तुल्सी धरेललाई एनएमएको गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा सम्माननीय सदस्यकोरुपमा अभिनन्दन गरिएको थियो । यसका साथै ३ अन्य सदस्यहरु, डा. बगला बस्नेत – त्रि.वि.का दिग्गज शिक्षाविद्, रविन्द्र मान श्रेष्ठ – मायोज नुडल्सका पूर्व जिएम र रवी के.सी.– सूर्य नेपालका उप–सभापतिलाई मार्केटिङमा उनीहरुको उत्कृष्ट कार्यको लागि सम्मान गरिएको थियो ।

बजारीकरण पेशेवरहरुलाई उनीहरुको कार्य प्रति सहयोग गर्न उनीहरुको व्यक्तिगत र पेशागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरु समावेश गर्न प्रवद्र्धन गर्नको लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको छ ।

एनएमएले बजारीकरण फर्टिनिटीलाई सहयोग गर्न र विकास गर्न प्रतिबद्ध भएकोले दुवैलाई फाइदाजनक सम्बन्ध कायम गर्नुको साथै लक्ष्य प्रति लगाव भएका संस्थालाई संलग्न गर्दै शिक्षा दिन, उत्प्रेरित गर्न र सम्बन्धित सरोकारवालालाई प्रेरित गर्न संयुक्तरुपमा कार्य गर्दैछ ।

एनएमएले सोही कार्यक्रममा ‘लेट्स ब्राण्ड नेपाल’ नामक आफ्नो पहिलो पहलको घोषणा गर्‍यो । यसको विस्तृत जानकारी आगामी महिनाहरुलाई जारी गरिने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस