
९ पुस, काठमाडौं । बेलायतका स्वास्थ अनुसन्धानकर्ताहरुले यदि कसैलाई घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने तथा टाउको दुख्ने जस्ता लक्षणहरु देखिएमा त्यो कोभिड १९ हुनसक्ने चेतावनी दिएका छन् ।
दि जोए कोभिड स्टडी नामक टोलीले आम जनताबाट प्राप्त यस्ता लक्षणबारका पृष्ठपोषण प्रयोग गरेर महामारीको पहिचान गर्ने काम गरिरहेको छ । र, यस टोलीले रुघाको जस्तै यस्ता लक्षण देखिएकामध्ये पचास प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको पनि जनाएको छ ।
कोरोना भाइरसको पछिल्लो विकसित स्वरुप ओमिक्रोन भेरियन्टको कारण अहिले वेलायतमा तीव्र रुपमा संक्रमितको संख्या बढिरहेको छ । प्रतिदिन करिब १ लाख ४४ हजारमा यस्ता समस्यादेखि रहेको बताइएको छ ।
वरिष्ठ वैज्ञानिक प्राध्यापक टिम स्पेक्टरले रुघाको जस्तै लक्षण देखिना साथ कोभिड परिक्षण गराउन सबैलाई आह्वान गरेका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस