समाचार

पठाओले सुरु गर्‍यो राइड सेयरिङ बिमा, के छ प्रावधान ?

Pathao Rider

९ पुस, काठमाडौं । नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बिमा सुरु गरेको हो ।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बिमा माग दाबी गर्न मिल्ने छैन ।

पठाओ एपमार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण  मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ । दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बिमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपूर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने शर्त राखिएको छ ।

त्यसैगरी सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तिगत विवरण सही हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन  पठाओमा खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस