९ पुस, काठमाडौं । नेपालमा आज तीन लाख २९ हजार ३७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा कोरोना विरुद्धको खोप लिनेको संख्या १ करोड ९९ लाख २२ हजार १६४ पुगेको छ ।
यसमध्ये ९९ लाख २७ हजार १२३ जनाले दुवै डोज र १ करोड २९ लाख १३ हजार ६६ जनाले पहिलो डोज खोप लगाएका हुन् । नेपालमा अहिले मोर्डना, एष्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोनसनको खोप कार्यक्रम चलिरहेको छ ।
काठमाडौं उपत्यकामा आजदेखि एस्ट्राजेनेका, कोभिसिल्ड र भेरोसेलको खोप नियमित दिइँदैछ ।
वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पतालम सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, एपेक्स पोलिक्लिनिक जडिबुटी, वयोधा अस्पताल, बल्खु, सहिद मेमोरियल अस्पताल र नया बसपार्क गंगबुमा खोप केन्द्रबाट नियमित खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस