समाचार

विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति

pamfa bhushal

९ पुस, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व रहेको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिएको ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् । विद्युत् व्यापारका लागि निजी क्षेत्रले पनि अनुमति दिन माग गर्दै आएको छ ।

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने नीति तर्जुमा गर्न लागिएको उनले बताइन् । उक्त कम्पनीमा विद्युत् प्राधिकरण र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको लगानी रहने उनले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस