देश

प्रहरी स्कुलकी शिक्षिका मृत फेला, एक पुरुष पक्राउ

pic5 1ma32Ebsjw

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।

भदौ ८, २०८० शुक्रबार

धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो बिहीवार मृत फेला परेको प्रहरीले जनाएको छ । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले ुसुसाइड नोटु समेत लेखेर छोडेको पारिवारिक स्रोतले जनाएको छ ।

डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनी गएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीबाट सभापति निर्वाचित भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस