देश

बर्षाको कारण एमाले सचिवालय बैठक भदौ १३ बस्ने गरि स्थगीत

uml J4RcSZAa3h

एनएमबि न्युज डेक्स, काठमाण्डौ।
भाद्र–९,सनिवार ।

नेकपा एमालेको आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ। धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा एमालेका सिरहाका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो। सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस