राजनीति

माधवकुमारको आरोपःओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे

thumb 9

एनएमबि न्यूज डेक्स ,काठमाण्डौ ।
भाद्र ९, २०८० सनिबार ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको गुनासो गरेका छन् । संसद्‍को अवरोध खुलाउनुअघि सहमतिका लागि राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठकलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

 

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् । संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।

 

अध्यक्ष नेपालले ओलीले आफूलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि नगरेको बताए । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने सबै बैठकमा आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको उल्लेख गर्दै उनले त्यसबेला पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको समेत बताए । यसवाहेक उनले नेकपा ब्युँत्याउन भनेर आफूले पठाएको प्रस्तावलाई ओलीले लत्याएको पनि दोहोर्‍याएका थिए ।अध्यक्ष नेपालले ओलीको तानाशाही प्रवृत्तिकै कारण विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको पनि दोहोर्‍याएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस