
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
शनिबार, ०९ भदौ ।
केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।
अध्यक्ष निरौलाले ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन् । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र संघको कार्यवाहक अध्यक्ष बनेका थिए ।
प्रतिक्रिया दिनुहोस