मुख्य समाचार

त्रिशूलीमा खसेर दुईजना पुरुष बेपत्ता

trishuli 9FRSX7uObz

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–९,सनिबार ।

चितवन भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुखधुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्।

वनभोज खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्।

हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस