देश

प्रसूतिगृहमा पहिरो

गहम पहर v6LXcwMMwW

एनएमबि न्युुज डेक्स,काठमाण्डौ ।
भाद्र–१०,आइतबार ।

पहिरोले संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको प्रसूतिगृह भवनमा क्षति पुर्‍याएको छ।

लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर–६ मा रहेको प्रसूतिगृह भवनमा क्षति पुगेको हो। आइतबार बिहान माथिबाट खसेको पहिरोले प्रसूतिगृहमा क्षति पुगेको चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।

पहिरोले प्रसूतिगृहमा २० लाख रुपैयाँ बराबरको क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताएकी छन्।

माथिबाट खसेको पहिरोले प्रसूतिगृहको भवन, शय्या लगायत अन्य सामग्रीमा समेत क्षति पुगेको उपप्रमुख श्रेष्ठले बताइन्। पहिरोले प्रसूतिगृह भवनको भौतिक संरचना क्षति पुगेको उनले बताइन्।

पहिरोले प्रसूतिगृहको भवन समेत चिरा परेको छ। पहिरोले भवन र सामग्रीमा क्षति पुगेपछि प्रसूति सेवा समेत रोकिएको छ। उक्त भवन २०६७ सालमा १ करोड ३९ लाख रुपैयाँमा निर्माण गरिएको हो। पहिरो आजैबाट हटाउन थालिएको उपप्रमुख श्रेष्ठको भनाइ छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस