जीवनशैली

सुदूरपश्चिममा उकालो लाग्दै त्तै बढे डेंगुका विरामी

dengue NJt10oTyBy

एनएमबि न्युज डेक्स समाचार डेक्स ।
भाद्र ११ सोमबार ।

सुदूरपश्चिम प्रदेशमा डेंगुका विरामीको संख्या ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो ४ महिनाको तथ्यांक हेर्दा यहाँ डेंगुका विरामी ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

निर्देशनालयका अनुसार मेमा २२ जना, जुनमा २६ जनामा संक्रमण देखिएकोमा जुलाईमा यो संख्या बढेर ५८ पुगेको छ। अगस्तमा भने डेंगुका विरामी ह्वात्तै बढेको छ। अगस्तमा हालसम्म २१३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सुदूरपश्चिममा सन् २०२३ को हालसम्म ५४० जनामा डेंगु पुष्टि भइसकेको छ। उनले भने, ‘अरु महिनाभन्दा अगस्तमा डेंगुका विरामीको संख्या धेरै बढेको पाइएको छ। गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो।’

यसअघि सन् २०२३ कै जनवरीमा १५ जना, फेब्रुअरीमा ५२ जना, मार्चमा १२९ जना, अप्रिलमा २५ जनामा डेंगु देखा परेको थियो।

सुदुरपश्चिमका कुन जिल्लामा कति छन डेन्गु सङक्रमित ?

दार्चुलामा १९४ जना
कैलालीमा १२५ जना
कञ्चनपुरमा ९५ जना
अछाममा ५२ जना
बाजुरामा ३२ जना
डोटीमा १५ जना
बझांगमा १२ जना
डडेल्धुरामा ९ जना
बैतडीमा ६ जना

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस