मुख्य समाचार

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

sapath 7 weA3Bd3YPi

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र ११ सोमबार ।

प्रतिनिधिसभाको अन्तर्गतको संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।

कृषि समितिको हलमा सोमबार साँझ आयोजित विशेष कार्यक्रमबीच नर्वनिर्वाचित १० वटै समितिका सभापतिहरुले सभामुख देवराज घिमिरेसामु पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

शपथग्रहणलगत्तै नवनियुक्त सभापतिहरुले शपथपत्रमा हस्ताक्षर गरेका थिए। १० वटै समितिमा आज सर्वसम्मत सहमति जुटेपछि समितिले पूर्णता पाएको हो।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरे पनि अन्तिममा रास्वपाका गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिएपछि १० वटै समितिमा सर्बसम्मत सभापति चयन भएको हो।

पराजुलीले उम्मेद्वारी फिर्ता लिएसँगै जनमत पार्टीका अब्दुल खान सभापति चयन भएका हुन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस