मुख्य समाचार

गोरखामा एक घर पहिरोले बगायो

yarsa pic 2882023093330 1000x0 1

एनएमबि न्युज डेक्स काठमाण्डौ ।

भाद्र ११, २०८०

लगातारको वर्षातसँगै आएको भलसहितको पहिरोले धार्चे गाउँपालिका–६ काशिगाउँस्थित यार्साको एक घर बगाएको छ । यार्साको भेलले आइतबार राति स्थानीय भीमबहादुर घलेको घर बगाएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।

यार्सा खोल्सीबाट आएको भल घरभित्र छिरेर अन्नपात लगायतका सामग्री पनि बगाएको उनले बताए ।

 

‘घर भन्दामाथि तीनवटा सिमेन्टेड स्लाब पुल थियो, त्यो स्लाबलाई बगाउँदै ल्याएको भलसहितको पहिरो घरमा पसेको छ,’ उनले भने । घरमा क्षति पुगेपछि भीमबहादुरको परिवारलाई आफन्तको घरमा सारिएको धनबहादुरले बताए ।

 

त्यस्तै, यार्साकै ६ घरमा पनि आशिंक क्षति पुगेको उनले बताए । केही घरको भान्सा, छाना पहिरोले आशिंक क्षति पुर्‍याएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस