खेलकुद

अस्ट्रेलियाको घरेलु लिगको ड्राफ्टमा परे सन्दीपसहित पाँच नेपाली क्रिकेटर

australia bbl

एनएमबि न्युज डेक्स काठमाण्डौ ।
२०८० भदौ ११ गते

सन्दीप लामिछानेसहित पाँच नेपाली क्रिकेटर अस्ट्रेलियाको घरेलु क्रिकेट लिग प्रतियोगिता बिगबास ९बीबीएल०को ड्राफ्टमा पर्न सफल भएका छन् ।

अस्ट्रेलियाली क्रिकेट संघले सोमबार ड्राफ्टमा परेका २९ देशका ३७६ खेलाडीको लिस्ट सार्वजनिक गरेको हो । जसमा नेपालका सन्दीप लामिछानेसँगै आरिफ शेख, आसिफ शेख, अर्जुन साउद र देव खनाल पर्न सफल भएका हुन् ।

उक्त ड्राफ्टबाट नियमित खेलाडीको सूचीमा परेका उनीहरुले आगामी सिजन २०२३  २४ को बीबीएल खेलमा सहभागी हुन पाउने छन् ।

बीबीएलको ड्राफ्टमा पर्न सफल सन्दीप, आरिफ, आसिफ र अर्जुन नेपाली राष्ट्रिय टीमका सदस्यसमेत हुन् । उनीहरु अहिले एसियाकप खेल्न पाकिस्तान पुगको छन् । देव खनाल यू १९ राष्ट्रिय टीमका कप्तान हुन् ।

डिसेम्बर ७ देखि सुरु हुने बीबीएल लिग नेपालबाट हालसम्म सन्दीप लामिछानेबाहेक अन्य कुनै पनि खेलाडीले खेलेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस