देश

बिना यात्रु नै उडयो भैरहवा दिल्ली,भैरहवा हङकङ पहिलो उडान

1693297755 NNBB 1200x560 1

एनएमबि न्युज डेक्स ।
१२ भाद्र २०८०

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा दिल्ली र भैरहवा हङकङ हवाई उडान सुरु गरेको छ ।

आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा दिल्ली र भैरहवा९हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो।

आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्‍याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्ट फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ।

महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो।

नेपाल वायुसेवा निगमले मलेसिया९भैरहवा रुटमा तत जेठ ३० गतेबाट उडान सुरु गरेको थियो। त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस