जीवनशैली

नवरपरासीकी एक २३ बर्षिया किशोरीले लगाइन आफ्नै शरीरमा आगो

aago lagaer death

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र १३,बुधबार ।

पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

गैंडाकोट नगरपालिका(२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस