मुख्य समाचार

स्रोत नखुलेको ५ लाख भारु र लागुऔषधसहित युवक पक्राउ

kailali bharu ra drugs

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र १५,शुक्रबार ।

कैलालीमा स्रोत नखुलेको करिब पाँच लाख भारतीय रूपैयाँ र लागुऔषध खैरो हेरोइन एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोदावरी नगरपालिका(१ बनखेतका ३५ वर्षीय रमेशबहादुर तिरूवालाई पक्राउ गरेको हो । उनको घर खानतलासी गर्दा ४ लाख ७४ हजार ५ सय भारु र २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी गणेश बरालले बताए ।

उनकाअनुसार सुर्तीको कभरमा लुकाई छिपाई राखेको १८ पोका खैरो हेरोइन र घरको कोठाभित्र स्ल्याबमा राखेको पंखाको कार्टुनभित्रको रकम बरामद गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस