
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र १५,शुक्रबार ।
महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्यो ।
पहिला ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो। नेपालकी इन्दु बर्माले ३ विकेट लिइन्।
नेपालले २.५ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।
यसअघि पहिलो खेलमा नेपालले मलेसियामाथि ५ रनको रोमान्चक जित हात पारेको थियो।
प्रतिक्रिया दिनुहोस