
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१५ शुक्रबार ।
नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ ।
नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग माओवादी अभियानअन्र्तगत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, सदृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने प्रवक्ता अग्निप्रसाद साकोटाले बताए ।
उनले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य लिएको बताए । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घरघरमा जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस