कर्णाली प्रदेश

सल्यानमा गरे केटी–केटीले बिबाह

bibah

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र १६ ,शनिवार।

सल्यानमा दुइवटी केटीहरुबीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसीबीच विवाह भएको छ । उनिहरु दुवैजना केटी हुन् ।

३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेको बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बसेकी छन् ।

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिकृया छ । ‘हामीहरु केटी(केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौं’, योजनाले भनिन् ।

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटीबीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ ।

दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेको बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस