मनोरन्जन

वैवाहिक बन्धनमा बाँधिइन नायिका निरुता सिंह

Smiling Niruta Singh 1

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।

शनिबार, १६ भदौ २०८०

कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन् । आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन् । उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन् । मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन् ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ दिएको पनि उल्लेख गरेकी छिन् । निरुताले सामाजिक सञ्जालमा लेखेकी छिन्,

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने रु आज त्यसै प्रश्नको जवाफ दिन गइरहकी छु । तपाईंहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गर्दछु ।’ निरुताले आफूले चाडै नै नेपालमा आशीर्वाद लिन आउने पनि उल्लेख गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस